काठमाण्डौं । आइतवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
छापावाल सुन प्रति तोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
शुक्रकार नेपाली बजारमा छापावाल सुन प्रति तोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रति तोला ८९ हजार ५५० रुपैयाँ र चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।




















