×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

जनताका पीरमर्का बुझेर काम गर्छु : मुख्यमन्त्री पोखरेल

  •  गोरखा समाचार
  • आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले झ्यालवास – डेढगाउँ सडकलाई प्राथमिकतामा राखेको बताएका छन् । दक्षिणको नाका त्रिवेणी र उत्तरको नाका कोरला जोड्ने यो सडक प्रदेशकै लाइफलाइन भएकाले प्राथमिकतामा राखेर काम भइरहेको बताएका हुन् ।

    गृहजिल्ला नवलपुर भ्रमणमा रहेका उनले शनिबार भएका कार्यक्रममा सहभागिता जनाउँदै पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार रहेको बताए । अहिले नवलपुरको पहाडी क्षेत्र बाढीपहिरो र तराई भेग भेलबाढी र नारायणीको कटानको चपेटामा परेको भन्दै मुख्यमन्त्री पोखरेलले तत्काल रोकथाम र राहतका कार्यक्रम सञ्चालन भइरहेको र दीर्घकालीन रोकथामका लागि समेत अध्ययन भइरहेको जानकारी गराए । नारायणी नदीको कटान रोकेर किनारामा पर्यटकीय आकर्षणका केन्द्र बनाउन सकिने भएकाले यसका लागि निजी क्षेत्रले चासो दिनुपर्ने भनाइ राखे ।

    शनिबार बिहान उनले गैंडाकोट नगरपालिका वडा नम्बर १, धारापानी स्थित नवदुर्गा आधारभूत विद्यालयको भवन उदघाटन गरे । गत वर्ष पूर्वाधार विकास कार्यक्रमको २५ लाख रुपैयाँ लागतमा उक्त भवन बनेको हो । भवन निर्माण समिति अध्यक्ष पूर्णप्रसाद गौंडेलले प्रमुख प्रतिपक्षी दलको नेता भएका बेलामा नै पोखरेलले विकास निर्माणका लागि चासो दिएर योजना पारेको स्मरण गर्दै मुख्यमन्त्रीभएसँग निर्वाचन क्षेत्रका मतदाताको आशा बढेर गएको बताए ।

    मुख्यमन्त्री पोखरेलले गैंडाकोट नगरपालिका ११, मुकुन्दपुरस्थित कभर्डहल अवलोकन गरेका छन् । युवाहरुलाई खेलकुदमा आकर्षित गर्दै अनुशासित समाज निर्माणका लागि खेलकुद जरुरी रहेको भन्दै क्षमताका आधारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    गैंडाकोट १३ मा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालासँगै मुख्यमन्त्री पोखरेल सहभागी भए । उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका ४० जनालाई दुवैजनाले फूलमालाले स्वागत गरे । स्थानीय खुसीराम भण्डारी, मनिलाल अधिकारीको अगुवाइमा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

    कार्यक्रममा महामन्त्री कोइरालाले नारायणी नदी कटान रोक्दै किनारै किनार वैकल्पिक राजमार्ग सञ्चालन गर्न सकिने भनाइ राखे । मुलकमा खेतीयोग्य जमीन पर्याप्त भएकाले कृषिमा आधुनिकीकरण गर्दै युवालाई आकर्षित गर्न सके समृद्धि प्राप्त हुने भनाइ राखे । मुख्यमन्त्री पोखरेलले गैंडाकोटमा बिपी अन्तर्राष्ट्रिय खेलमैदान, राजमार्ग क्षेत्रमा ट्रमा सेन्टर लगायत दूरगामी महत्व राख्ने कार्यक्रमलाई प्रदेशले अघि सारेको बताए ।

    त्यसपछि महामन्त्री कोइराला र मुख्यमन्त्री पोखरेलले नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश उपाध्यक्ष रामप्रकाश सिग्देलको श्रद्धाञ्जली सभामा सहभागी भए । शिक्षण पेसाबाट अवकाश सिग्देल पार्टी संगठनका साथै सहकारी अभियान र समाज सेवामा क्रियाशील थिए । गैंडाकोट १४ स्थित सिग्देलकै घरमा श्रद्धाञ्जली सभा गरिएको हो । कार्यक्रममा संविधानसभा सदस्य महेन्द्रध्वज जिसी, गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक ओमकला गौतम लगायत जिल्लाका नेता तथा कार्यकर्ता सहभागी थिए ।

    मुख्यमन्त्री पोखरेल शनिबार नै देवचुली उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा सहभागी भए । संघकै कार्यालयमा भएको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सरकारले कोरोनाविरुद्धको खोपलाई प्राथमिकतामा राखेको भन्दै उद्योगी व्यवसायीलाई पनि खोपको उपलब्धता अनुसार उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाए ।

    संघका अध्यक्ष रेशमलाल सापकोटाले उद्योगी व्यवसायीले १ प्यान १ खोपको माग गर्दै आएको बताए । उनले– दललले धोवादी हुँदै खैरेनी जोड्ने सडकलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । कोरोनाका कारण व्यवसायीहरु सारै नै मर्कामा परेको भन्दै प्रदेश सरकारले ल्याएको व्यवसाय जीवन रक्षा कोषको कार्यविधि परिमार्जन गरेर सहज बनाउन जरुरी रहेको बताए ।

    नेपाली कांग्रेसको जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा क्रियाशील ७ दलले तयार जिल्लाको विकासका लागि तयार पारेको साझा अवधारणा मुख्यमन्त्री पोखरेललाई हस्तान्तगरण गरेका छन् । कांग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरे, माओवादी केन्द्र जिल्ला सचिव मित्रशरण शर्मा९बिहानी०, नेकपा एमाले माधव समूहका जिल्ला अध्यक्ष शालिग्राम भट्टराई, जसपा अध्यक्ष डिबी गुरुङ, विवेकशील साझाका रामप्रसाद चापागाईं, देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष पिताम्बर तिवारीले उक्ता साझा अवधारणामा हस्ताक्षर गरेका छन् ।

    पार्टी कार्यालयमै नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)ले गरेको कार्यक्रममा १५ जना प्राविधिक नेल्टामा प्रवेश गरेका छन् । मुख्यमन्त्री पोखरेलले खादा मालासहित उनीहरुलाई नेल्टामा प्रवेश गराए ।

    कोइलापानीको केरुङ खोलामा निर्मित बर्खे सिँचाइ प्रणालीको कुलोमा बाढीले पुरयाएको क्षतिबारे मुख्यमन्त्री पोखरेलले अवलोकन गरे । कुलोमा पुगेको क्षतिका कारण सयौं बिगाह खेतमा सिँचाइ रोकिएको भन्दै तत्काल सञ्चालनका लागि पहल गर्न स्थानीयले माग गरे । मुख्यमन्त्री पोखरेलले तत्कालका लागि तारजाली उपलब्ध गराउने र प्राविधिक टोलीले अध्ययन गरेपछि संघ सरकारसँग समन्वय गरेर निर्माणको काम थालिने प्रतिबद्धता जनाए ।

    मुख्यमन्त्री पोखरेलले नवलपुरको लौकाहाखोलामा प्रस्ताव गरिएको औद्योगिक क्षेत्र निर्माणस्थलको समेत अवलोकन गरे । जग्गा नापनाँचको काम सुरु भइसकेको भन्दै उनले संघ सरकारसँग समन्वय गरेर थप प्रक्रिया अगाडि बढाइने भनाइ राखे ।

    देवचुली नगरपालिका ५ स्थित झाँक्रेखोलाको सुकुम्वासी बस्तीमा पुगेर उनले स्थानीयका पीरमर्का बुझेका छन् । वन क्षेत्रमा ७ सय भन्दा बढी परिवार लामो समयसम्म बस्दै आएका छन् ।

    मुख्यमन्त्री पोखरेल आइतबार बिहान गैंडाकोट उद्योग वाणिज्य संघले गरेको कार्यक्रम सहभागी भएपछि नारायणी नदीले गरेको कटान अवलोकन गरी आजै पोखरा फर्किने कार्यक्रम छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, साउन २४, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.