काठमाण्डौं । आजका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ ।
अर्का नेता माधव नेपालले सम्मानजन एकताको कुरा गरे संगै अध्यक्ष केपी ओली पक्षले आइतबारका लागि डाकेको बैठक सोमबारकोलागी सारेको हो ।
आन्तरिक गृहकार्य र पार्टी एकतालगायत विषयमा थप छलफल गर्नु भन्दै बैठक सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए । सोमवार सुरुमा स्थायी कमिटी र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्ने तामाङले जानकारी दिए ।




















