काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको प्रवेशिका परीक्षा परीक्षाफल शनिबार दिउँसो प्रकाशित भएको छ ।
बोर्डका अनुसार ५ लाख १७ हजार १२२ जनाले परीक्षा फारम भरेकोमा ४ लाख ८४ हजार २७८ जना परिक्षामा उत्तीर्ण भएका छन् ।
कोरोना महामारीका कारण परीक्षा हुन नसकेपछि विद्यालयहरुले आन्तरिक मुल्यांकन गरी पठाएको अंकको आधारमा परीक्षा नियन्त्रण कार्यालयले शनिबार परीक्षाफल प्रकाशन गरेको छ ।




















