आगलागी हुनु भन्दा अघिकाे उद्योगकाे तस्बिर
काठमाण्डौँ । राजधानीको बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट उद्योगमा भएको आगलागी करिब ९ घण्टापछि नियन्त्रणमा आएको छ ।
औद्योगिक क्षेत्रभित्र रहेको उद्योगमा गएराति २ः०० बजेदेखि आगो सल्किएको बालाजु प्रहरीले जनाएको छ ।
दमकल, पानी ट्याङ्कर र हेलिकप्टरको समेत प्रयोग गरी झण्डै ९ घण्टापछि आगो नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
उद्योग ठूलो क्षेत्रफल फैलिएका कारण आगो निभाउन समस्या परेको प्रहरीको भनाइ छ ।
आगलागीको कारण भने अहिले सम्म खुल्न सकेको छैन । क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।




















