काठमाण्डौं । राजधानीको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा भीषण आगालागी भएको छ ।
औद्योगिक क्षेत्रभित्र रहेको नेबिको विस्कुट कम्पनीको गोदाममा आगलागी भएको प्रहरीले जनाएको हो ।
राति २ः०० बजेदेखि सुरु भएको आगलागी अहिले सम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाण्डौं, भक्तपुर र ललितपुरका बारुणयन्त्र, सुरक्षाकर्मी खटिएका छन ।
मेसिनहरु भएको ठाउँको आगो केही नियन्त्तणमा आए पनि गोदामको आगो नियन्त्रण बाहिर गएको बालाजु प्रहरीले जनाएको छ ।
कम्पनीमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट के कती क्षति भएको हो पुर्ण विवरण भने आउन बाँकी नै छ ।




















