एजेन्सी । जन्ती हिँडेका १७ जनाको चट्याङ लागेर मृत्यु भएको छ । बेहुलासहित १४ जना घाइते भएका छन् ।
बंगलादेशमा जन्ती लिएर बेहुलीको घर गइरहेका बेला चट्याङ लागेको बीबीसीले जनाएको छ ।
दक्षिण एसियामा वर्षेनी चट्याङ लागेर सयौँको ज्यान जाने गरेको छ ।
बंगलादेशमा सन् २०१६ मा एकैदिन ८२ जना र मे महिनामा मात्रै २०० जनाको चट्याङ्ग लागेर मृत्यु भएपछि चट्याङ्गलाई प्राकृतिक विपत्ति घोषणा गरिएको थियो ।
विज्ञले वनजंगल फडानीका कारण चट्याङ्ग लागेर मानिसको मृत्यु हुने क्रम बढेको बताउँदै गएको छन् ।




















