गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
जिल्लाको सत्यवति गाउँपालिका ६ तल्लो हटियामा बुधबार राती लु. ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परी रुरुक्षेत्र गाउँपालिका ५ का चालक ३३ वर्षीय दिपक माझीको ज्यान गएको गुल्मी प्रहरीले पुष्टी गरेको हो ।
प्रहरीका अनुसार बुधबार राति जुनियाबाट खैरेनीगतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परी सहचालक सामान्य घाइते भएका छन् । उनी उपचारपछि घर फर्किएका छन् ।




















