काठमाण्डौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
राजधानीको बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बिहान ११ः०० बजेकालागि बैठक बोलाईएको हो ।
आजको बैठक पार्टी एकता र गठबन्धनका विषयमा आवश्यक निर्णय लिनु गरी केन्द्रीय कमिटीको बैठक बोलाएको नेपाल समूहका एक नेताले जानकारी दिए ।
यता ओली पक्षले भने नेपाल समूहको बैठकमा सहभागी नहुन नेता कार्यकर्तालाई अपिल समेत गरेको छ । ओली पक्षिय एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार साँझ प्रेस नै वक्तव्य जारी गरी बिहीबार केन्द्रीय कमिटी बैठक नबोलाएको बताएका छन् ।
आज हुने नेपाल समूहको बैठकलाई सबै पार्टी तथा सर्व साधारणले चासोको रुपमा हेरेका छन् । आजको बैठकले पार्टी एकता हुन नसके नयाँ पार्टी खोलेर जाने सम्मको निर्णय हुन सक्ने र गठबन्धनमा नेपाल समूहको सहभागीता हुने अनुमान गरिएको छ ।




















