काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको छ ।
देशै भरको प्रयोगशालमा गरिएको १२ हजार ६३६ नमूना परीक्षणका क्रममा २ हजार५६८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
मन्त्रालयका अनुसार ८ हजार ४०२ जनाको पीसीआर गर्दा १ हजार ९८१ जना र ४ हजार २३४ जनाको एन्टिजेन परिक्षण गर्दा ५८७ जनामा संक्रमण देखिएको हो । यो संगै नेपालमा संक्रमितहरुको संख्या पीसीआर तर्फ ६ लाख ९७ हजार ३७० जना र एन्टिजेन तर्फ ६१ हजार ९३७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालको विभिन्न भागमा रहेको २ हजार २० जनाले कोरोना जितेका छन् । यो सहित नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ पुगेको छ ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १८ जनाले ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८७५ पुगेको मन्त्रालयले जनाएको छ ।




















