काठमाण्डौं । नेकपा माओवादी केन्द्रको बुधबार बोइलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । आज बसेको स्थायी कमिटी बैठकले साउन २० गतेकालागि बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको हो ।
आवश्यक तयारीका र पछिल्लो राजनीतिक घटनाक्रमका कारण बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक साउन ३० गतेसम्मका लागि स्थगित गरिएको उनले बताए ।
आजको स्थायी कमिटी बैठकले यही साउन ३० गतेभित्र पार्टीको वडा कमिटी गठन गर्न पनि निर्देशन दिएको छ ।




















