काठमाण्डौं । देउवा सरकारले आज मन्त्रीपरिषद बिस्तार गर्ने भए पछि मन्त्रीहरुको नाम टुंगो लगाउन सत्ता साझेदार दलहरु आन्तरिक छलफलमा जुटेका छन ।
मन्त्रीको नाम तय गर्नका नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ‘जसपा’ नेपालको बैठक आज बस्दैछ ।
दुबै दलले नाम टुंगो लगाए आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाको छ ।
सरकारमा जाने मन्त्रीहरु टुङ्गो लगाउन माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज दिउसो बोलाएको छ ।
सरकारमा जाने मन्त्रीको बारेमा जसपाले पनि आन्तरिक छलफल गरिरहेको छ । जसपाले मन्त्री छान्ने जिम्मेबारी पार्टी अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई र अशोक राईलाई दिएको छ ।
पार्टीले पाउने मन्त्रालयहरु स्पष्ट भएपछि मात्रै मन्त्री छान्ने तयारी जसपाले जनाएको छ ।
सरकारको नेतृत्व गरिरहेको कांग्रेसले पनि सरकारमा जाने मन्त्रीहरुका विषयमा अनौपचारिक छलफल गरिरहेको छ ।
प्रधानमन्त्री देउवाले रामचन्द्र पौडेल पक्षलाई २ र कृण्ण प्रसाद सिटौला पक्षलाई १ मन्त्रालय दिने तयारी गरेको विश्वस्त सुत्रले जानकारी दिएको छ ।
्
मन्त्रिपरिषद विस्तारका विषयमा शनिवार पनि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालविच छलफल भएको थियो ।
सरकार गठनको २ सातावित्दा पनि मन्त्रिपरिषद विस्तार हुन नसकेको भन्दै प्रधानमन्त्री देउवाको सर्वत्र आलोचना हुन थालेको छ ।




















