काठमाण्डौं । नेकपाका नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई फेरि पनि जालझेल गरे प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।
शनिबार काठमाण्डौंमा अखिल फोर्सद्वारा आयोजित भेलालाई संबोधन गर्दै नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका हुन् ।
कार्यक्रममा संबोधन गर्दै यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अब कसैले पनि नगरोस् । फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षडयन्त्र कसैले नगरोस् भन्दै संविधानको संरक्षण र सही व्याख्या भएकोले सर्वोच्च अदालतको फैसलाप्रति सम्मान गरे ।
उनले सरकारलाई राम्रो काम गरेर देखाउन पनि आग्रह गरदै सही विचार आत्मसात् गरेर अघि बढ्न सबै पार्टी कार्यकर्तालाई निर्देशन समेत दिए ।




















