काठमाण्डौं । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन ।
पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्व उप प्रधानमन्त्रीसमेत रहेका यादवलाई सर्वसम्मतिरुपमा दलको नेता छानेका हुन ।
नेता यादवलाई संसदीय दलको नेतामा चयन गरियोस् भन्ने प्रस्तावको समर्थकमा डा.बाबुराम भट्टराई र प्रस्तावकमा महेन्द्रराय यादव थिए ।
सो दलको आज बसेको संसदीय दलको बैठकमा प्रतिनिधिसभाका २० र राष्ट्रियसभाका २ सांसद उपस्थित थिए ।
निर्वाचन आयोगले यादवले नेतृत्व गर्नुभएको जसपालाई आधिकारिता प्रदान गरिसकेको छ । आयोगले आधिकारिता प्रदान गरेपछि जसपा संसदीय दलको बैठक बसेको हो ।




















