एजेन्सी । विश्वभरी एकै दिनमा ६ लाख ५० हजार ५९३ जनामा संक्रमण देखिएको छ ।
वल्डोमिटर्सको तथ्याङ्कअनुसार सबैभन्दा बढी अमेरिकामा ८४ हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा भारतमा ४४ हजार ६७३, इन्डोनेसियामा ४३ हजार ४७९ र ब्राजिलमा ४१ हजार ८५३ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या १९ करोड ७३ लाख २५ पुगेको छ ।
साथै एकै दिनमा विश्वभरी संक्रमणका कारण १० हजार २३४ जनाको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ लाख १३ हजार ४५ पुगेको छ ।
वल्डोमिटर्सकाअनुसार कोरोनाबाट सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा १ हजार ८९३ जनाको भएको छ । सोही अवधिमा ब्राजिलमा १ हजार ३५४, रुसमा ७९९, भारतमा ५४९, मेक्सिकोमा ५३७ र दक्षिण अफ्रिकामा ५२३ जनाको मृत्यु भएको छ ।




















