काठमाण्डौं । कुवेतमा सवारी दुर्घटनामा परी एक नेपाली युवकको ज्यान गएको छ ।
होम डेलिभरी सेवामा काम गर्दै आएका उनलाई स्थानीय रुमैथिया भन्ने ठाउँमा विपरीत दिशाबाट आएको गाडीले ठक्कर दिदा ज्यान गएको कुवेतका सञ्चारमाध्यमहरुले बताएका छन् ।
मृतका कामदारको परिचय खुलाइएको छैन । उनको शवलाई पोेस्टमार्टमको लागि फोरेन्सिक ल्यावमा पठाइएको अनुसन्धानामा संलग्न प्रहरीले बताएको छ ।




















