एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना विरुद्धको खोप लगाउने आफ्ना नागरिकलाई १०० डलर दिन राज्य सरकारहरुलाई निर्देशन दिएका छन् ।
बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले यस्तो आह्वान गरेका हुन् । अमेरिकामा कोरोना संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी आएपछि राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने गरी खोप लगाउने नागरिकलाई सहयोग रकम उपलव्ध गराउन सक्नेछन् ।
पछिल्लो मसय अमेरिकामा कोरोनाको डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।
बाइडेनले सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन् ।
बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ ।
हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र कोरोनाको खोपको पूरा मात्रा लगाएको बिबिसीले जनाएको छ ।




















