काठमाण्डौं । जापानको टोकियोमा भईरहेको ओलम्पिकमा आज १३ खेलमा २१ प्रतिस्पर्धाको फाइनल हुँदैछ ।
आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ फेन्सिङ, जुडोका विभिन्न प्रतिस्पर्धामा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुन लागेको हो ।
शुटिङ, पौडी र टेवलटेनिसमा पनि स्वर्णका लागि प्रतिस्पर्धा आजै हुँदैछ ।
छैटो दिनको खेल सकिदा ओलम्पिकमा चीन १५ स्वर्ण ४ रजत र १० कांस्य सहित पदक तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको जापानले १५ स्वर्णसँगै ४ रजत र ६ कांस्य जितेको छ । तेस्रो स्थानमा रहेको अमेरिकाले १४ स्वर्ण, १४ रजत र १० कांस्य जितेको छ ।
रुस ओलम्पिक कमिटी र अस्ट्रेलियाले ८–८ स्वर्ण जितेका छन् । बेलायतले ५ र दक्षिण कोरियाले ४ तथा फ्रान्स, जर्मनी र क्यानडाले ३–३ स्वर्ण जितेका छन् । सात राष्ट्रले २–२ स्वर्ण जितेका छन । २३ देशले एक एक स्वर्ण जितेका छन् ।
बिहीबारसम्म ११५ स्वर्ण पदकको छिनोफानो भइसकेको छ ।



