काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज देशै भर १ हजार ३७३ जना निको हुदा ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको छ ।
देशै भरको विभिन्न प्रयोगशालामा ९ हजार ५५५ पीसीआर परीक्षण गर्दा २ हजार ३३५ जना र ४ हजार ६८७ जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जना गरी ३ हजार ३६५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका सहित नेपालमा संक्रमितहरुको कुल संख्या पीसीआर तर्फ ६ लाख ९० हजार ६४२ र एन्टिजेन तर्फ ५९ हजार ३८० जना पुगेका छन् ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा १ हजार ३७३ जनाले कोरोना जित्न सफल भएको छ । यो सहित नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ५० हजार ४४५ जना पुगेका छन् ।
आज काठमाण्डौं उपत्यकामा मात्रै थप ८६० जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाण्डौंका ५९७ जना, ललितपुरका १५५ जना र भक्तपुरका १०८ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको ज्यान गएको छ । यो सहित संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ९ हजार ८०७ पुगेको मन्त्रालयले जनाएको छ ।





















