काठमाण्डौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्न छानविन समितिलाई आज सम्मको समय दिइएको छ ।
बुधबार देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेसको पदाधिकारी बैठकले केन्द्रीय क्रियाशील छानबिन समितिलाई बाँकी क्रियाशील सदस्यताको प्रतिवेदन थप अध्ययन गरी परिस्कृत बनाएर ल्याउन आज सम्मको समय दिएको हो ।
केन्द्रीय सदस्यसमेत रहेका रमेश लेखक नेतृत्वको छानबिन समितिले सभापति देउवालाई मंगलबार नै क्रियाशील सदस्यहरुको प्रतिवेदन बुझाइ सकेको थियो ।
त्यो प्रतिवेदन अपुरो रहेको भन्दै आलोचना भए पछि थप अध्ययन गरी विवादित क्षेत्रको क्रियाशिल सदस्यता टुंग्याउन पदाधिकारी बैठकले छानबिन समितिलाई नै थप समय दिएको हो ।
समितीले आज प्रतिवेदन बुझाएपछि पार्टी केन्द्रीय कमिटीले निर्धारण गरेर अन्तिम रुप दिइने छ ।
बैठक आज (बिहीबार) दिउँसो २ः०० बजे फेरि ढाकिएको छ ।




















