×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ८ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ११ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १३ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • २ दिन अघि

प्रेस युनियनद्वारा मन्त्रीलाई बधाई

  •  गोरखा समाचार
  • बुधबार, साउन १३, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति आफूहरु प्रतिबद्ध रहने बताएका छन् । उनीहरुले कोरोनाविरुद्धको खोप पहिलो प्राथमिकतामा रहेको पनि उल्लेख गरे ।

    नेपाल प्रेस युनियन कास्कीले बुधबार आयोजना गरेको नवनियुक्त मन्त्रीहरुको बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रदेशका मन्त्रीहरुले सो कुरामा जोड दिएका छन् । गण्डकीमा आमसंचार विधेयक ल्याउनु पूर्व पत्रकारको सुझाव अनुसार अघि बढ्ने उनीहरुको प्रतिबद्धता छ ।

    पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले लोकतन्त्रको मूल्य मान्यताविपरीत गण्डकी सरकार अघि बढ्न नसक्ने बताए । संचारजगतकै कारण देशमा ठूला ठूला परिवर्तन ल्याउन सम्भव भएको उल्लेख गर्दै मन्त्री शर्माले प्रेस स्वतन्त्रताको रक्षा भएमात्र देशमा लोकतन्त्रको रक्षा हुने बताए ।

    शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जनताले काँग्रेसलाई प्रतिपक्षमा बस्न भने पनि संविधानको रक्षाका लागि काँग्रेस सरकारमा आएको प्रष्ट पारे । उनले भने, दुईतिहाइको सरकारले संविधानमाथि हमला गर्यो, त्यसको रक्षाका लागि गठबन्धन बनाएर सरकार चलाएका हौं । मन्त्री श्रेष्ठले अहिलेको प्रमुख आवश्यकता कोरोनाविरुद्धको खोप भएकोले तिनै तहको सरकार मिलेर खोप उपलब्ध गराउने बताए ।

    कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाले कोरोना महामारीको समयमा संचारजगत बाँच्ने र बचाउनका लागि आफू लागिपर्ने बताए । उनले कोरोनाबाट सबै क्षेत्र तहसनहस भएको बताउँदै संचारक्षेत्र झन् जोखिम र सक्रियरुपमा खटिने क्षेत्र भएको बताए । उनले संचारमैत्री कानुन बनाउने पनि प्रतिबद्धता जनाए । मन्त्रालयमा ८८ करोड रुपैयाँ बजेट रहेकोमा सञ्चार क्षेत्रका लागि २ करोड बजेट रहेकोे जानकारीसमेत उनले दिए ।

    यसैबीच, युनियनले नेपाली काँग्रेसबाट नियुक्त मन्त्रीहरुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको छ । उनीहरुलाई बधाई ज्ञापनपत्र साथमा माला र खादा ओढाइ सम्मान गरिएको थियो ।

    कार्यक्रममा पे्रस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले जनताको हितलाई ध्यानमा राखेर सामाजिक संजालमा टीकाटिप्पणी नहुने गरी काम गर्न मन्त्रीहरुलाई सुझाव दिए ।

    युनियन कास्कीका जिल्ला अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सचिव केवी राना, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, पत्रकार महासंघ गण्डकी प्रदेश सचिव यदुनाथ बञ्जारा, युनियनका सल्लाहकार रवीन्द्र बास्तोला, गंगाधर पराजुली, शिरोमणि बराल, युनियन जिल्ला उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेल लगायतले बोलेका थिए ।

    युनियन कास्कीले यसअघि प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री कुमार खड्कालाई बधाई तथा सम्मान गरेको थियो ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, साउन १३, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.