काठमाण्डौ । ५ दलीय गठबन्धनको सरकारमा नेपाल समूह र जनमोर्चा सहभागि नहुने भएका छन् ।
सरकार जाने मन्त्री चयनका लागि बालुवाटारमा बसेको बैठममा शिर्ष नेताहरुले सरकारमा आफ्नो सहभागीता नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएका हुन् ।
आज भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल पक्षको बैठकले मन्त्रालय बाँडफाँडका बारेमा शीर्ष नेतालाई जिम्मेवारी दिने समेत निर्णय गरेको छ ।
यस्तै, सरकार संचालनमा सहजता ल्याउन गठित कार्यदललाई बैठकले न्युनतम साझा कार्यक्रम ल्याउन निर्देशन समेत दिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्व सरकार हाल ५ सदस्यीय मन्त्री मण्डल छ ।
सत्तारुढ गठबन्धनका नेताहरुलाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सरकारमा सामेल नहुने सन्देश पठाएको छ । बालुवाटारमा बसेको ५ दलीय बैठकमा नेपाल पक्षबाट नेता विजय पौडेल सहभागि थिए ।
यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि सरकारमा आफ्नो दल सहभागी नहुने तर सरकारले गलत काम गरे भण्डाफोर गर्ने चेतावनी दिएका थिए ।


