काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफुखुशी गरेको भन्दै राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनबाट अलगै बस्ने चेतावनी दिएको छ ।
बुधबार बिहान बसेको बैठकमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री देउवाले मनपरी नरोकिए गठबन्धनमा नरहने चेतावनी दिएका हुन् ।
हाले स्वास्थ्य राज्यमन्त्रीमा नियुत्ती दिएका उमेश श्रेष्ठको बिषयमा कुरा उठान गर्दै केसीले विवादास्पद व्यक्तिलाई नियुक्त गरेको भन्दै असन्तुष्टि जाहेर गरेका हुन । केसीले ‘गठबन्धनमा किन छलफल भएन ? यस्तै हो भने जनमोर्चा गठबन्धनमा रहँदैन’, बैठकमा केसीले भनेका थिए ।
उनले श्रेष्ठलाई राज्यमन्त्री बनाउदा सरकारको छवि बिग्रेको बताए ।
यता माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि गठबन्धनको सहमतिभन्दा बाहिर गएर काम नगर्न प्रधानमन्त्री देउवालाई सचेत गराएका छन् ।
उनले कुनै पनि राजनीतिक नियुक्तिहरु गर्नु अघि छलफल गरेर मात्रै गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
जवाफमा प्रधानमन्त्री देउवाले आगामी दिनमा छलफल गरेर मात्र निर्णय लिने भन्दै कुनै पनि निर्णय छलफल बिना नहुने प्रतिवद्धता जनाए ।
बैठकमा सहभागीहरुले सरकारको अहिलेको प्राथमिकता खोपमा रहनुपर्ने सुझाव दिएका थिए ।


