काठमाण्डौ । सरकारले कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई दिएको छ ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँने भए पटि शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिईएको हो ।
अवकाशको १ महीना अघि विदा बस्ने परम्परा अनुरुप उनले साउन २४ गटेबाट विदा बस्ने तयारी गरेका थिए ।
युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा सेनाभित्र ‘मिलनसार’ अधिकारीको रुपमा चिनिन्छन् ।




















