काठमाण्डौ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.विश्वनाथ पौडेललाई नियुक्त गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि केपी ओली सरकारका पालामा नियुक्त भएका डा.पुष्प कँडेलले राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले पौडेललाई ल्याएको हो ।




















