काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा १७ हजार ५१८ नमूना परीक्षण गराउँदा मंगलबार ३ हजार ८९९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पृष्टी गरेको हो ।
मन्त्रालयले जारी गरेको सूचना अनुसार १२ हजार ६५५ जनाको पीसीआर गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ जनामा संक्रमण देखिएको हो ।
आज संक्रमण देखिएका सहित नेपालमा संक्रमितहरुको संख्या पीसीआर तर्फ ६ लाख ८५ हजार ६७३ जना र एन्टिजेन तर्फ ५७ हजार १४४ जना रहेका छन् ।
पछिल्लो २३ घण्टामा देशै भरका विभिन्न स्थानिय तहमा रहेका १ हजार ७७८ जना कोरोना संक्रमणबाट मुत्त भएका छन् । यो सहित नेपालमा संक्रमण मुत्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ जना रहेका छन् ।
उता पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २० जनाले ज्यान गुमाएका छन् । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७५८ पुगेको छ ।





















