काठमाण्डौ । ओली सरकारले प्रदेश प्रमुखबाट पदच्यूत गरेका गडण्की प्रदेशको प्रमुखमा अमिक शेरचन नै दोहरीने पक्का पक्की भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेश प्रमुखहरूको नाम बुझाउने क्रममा गण्डकी प्रदेशमा अमिक शेरचन र प्रदेश २ को प्रदेश प्रमुखमा तिलक परियारको नाम बुझाइए पछि उनी नै प्रदेश प्रमुख हुने पक्का पक्की भएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएका प्रदेश प्रमुखलाई नै निरन्तरता दिने माओवादीले निर्णय गरे संग गण्डकी र प्रदेश २ मा पुरानै नामा सिफारीस गरिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाल विच आज बिहान पनि मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर भेटवार्ता भएको थियो ।




















