साँकेतिक तस्बिर
कावासोती । पछिल्लो केही बर्ष देखी नवलपुर जिल्ला लागु औषधको मुख्य ट्रान्जिट बन्दै गएको एक तथ्यांकले पुष्टी गरेको छ ।
लागू औषध ओसारपसार तथा सेवनमा संलग्न रहेको आरोपमा नवलपुर प्रहरीले गएको आर्थिक बर्ष ०७७/०७८ मा १४४ जनालाई पक्राउ गरेको तथ्यांक सार्वजानिक भए संगै नवलपुर लागु औषधको ट्रान्जिट भएको पुष्टी भएको हो ।
आर्थिक बर्ष ०७६/०७७ मा नवलपुरमा प्रहरीले ६७ वटा लागु औषध सम्बन्धि मुद्धा दर्ता गरेकोमा आर्थिक बर्ष ०७७/०७८ मा ८० वटा मुद्धा दर्ता गरेको नवलपुर प्रहरीले जनाएको छ ।
कार्यालयले जनाए अनुसार ०७७/०७८ मा प्रहरीले १५ हजार थान भन्दा धेरै प्रतिबन्धित लागुऔषध र करीब १० किलो गाँजा बरामद गरेको थियो ।
नवलपुरको दुम्किबास, चालिस किलो, कावासोतीमा गरिने प्रहरी चेकिङमा लागूऔषध सहित ओसारपोसार गर्नेहरु समातिने गरेको प्रहरीले जनाएको छ ।
खुल्ला भारतिय बजारमा र खुल्ला सिमानाका कारण लागुऔषध ओसारपसार गर्नेहरुले नवलपुरको मार्ग प्रयोग गर्न थालेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एवं सूचना अधिकारी प्रकाश मल्लले बताए ।
मल्लका अनुसार पक्राउ पर्नेहरु अधिकांश बाहिरी जिल्लाका लागु औषधको कारोबारी हुने गरेको छ ।


