काठमाण्डौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।
१४ औं महाधिवेशन तयारीबारे छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।
सभापति एवं प्रधानमन्त्रीको निवास बुढानिलकण्ठमा काँग्रेस पदाधिकारी बैठक बस्न लागेको हो । यसअघि साउन १२ गते हुने भनिएर पनि स्थगित भएको बडा अधिवेशनको नयाँ मिति घोषण गर्नका लागि बैठक बोलाइएको काँग्रेका एक नेताले बताए ।
आजको बैठकमा क्रियाशील सदस्यता छानविनका लागि रमेश लेखकको नेतृत्वमा गठन गरिएको समितिले आफ्नो प्रतिवेदन पनि बुझाउने कार्यक्रम पनि तय गरिएको छ ।
बारा र पर्साको विवाद भने समितिले पनि मिलाउन सकेको छैन ।
देशभरका करिब १२५ वडाभित्र अझै पनि क्रियाशील सदस्यताको बिषयमा विवाद रहेको छ । क्रियाशील सदस्यता विवादले महाधिवेशन प्रभावित हुने आशंका गरिएको छ ।
कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक भई सकेको छ ।




















