एजेन्सी । भारतको आसाम र मिजोरम राज्यबीचको सीमा विवादमा ६ जना प्रहरीको ज्यान गएको छ ।
सिमा बिवाद हुदा मृत्यु भएकाहरु सबै आसाम राज्यका प्रहरी रहेको भारतीय सञ्चार मध्यामले जनाएको छ । घटनामा परी ८० भन्दा बढी मानिसहरु घाइते भएका छन् ।
आसामको कछार जिल्लाको सीमामा विवाद हुँदा दुबै राज्यका नागरिक र प्रहरी झडपमा उत्रिएका थिए । सोमवार भएको झडमा परी असमका ६ जना प्रहरी मारिएको असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले ट्वीट् गर्दै पुष्टि गरेका छन् ।
घटनामा परी कछार जिल्लाका एसपी वैभव निंबालकर चंन्द्रकारसमेत घाइते भएका छन् । दंगामा परी ५० बढी प्रहरी घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । उक्त घटनाबाट आफू दुखी रहेको मुख्यमन्त्री शर्माले जनाएका छन् ।
After killing 5 Assam police personnel and injuring many , this is how Mizoram police and goons are celebrating.- sad and horrific pic.twitter.com/fBwvGIOQWr
— Himanta Biswa Sarma (Modi Ka Parivar) (@himantabiswa) July 26, 2021
असमका मुख्यमन्त्री सरमाले ट्विटमा एक भिडियो सेयर गर्दै असमको प्रहरीको हत्यापछि मिजोरमका प्रहरी र गुन्डा खुसियाली मनाउँदै भनी ट्वीट गरेका छन् । सोमवार साँझ विवादित क्षेत्रबाट दुबै राज्यको प्रहरी पछि हटेको छ ।
यता मिजोरममा मुख्यमन्त्री जोरमथंगाले दंगा नियन्त्रणकालागि गृहमन्त्री अमित शाह गुहारेका छन् । केही दिन अगाडी गृहमन्त्री शाहले असमको भ्रमण गरेपछि हिंसा भड्किएको आरोप लगाईएको छ ।
दुबै राज्यमा भारतीय जनता पार्टीको गठबन्धनको सरकार रहेको छ । घटनाका मुख्य दोषी गृहमन्त्री अमित शाह रहेको भारतीय काँग्रेसले आरोप लगाएको छ । कांग्रेसले शाहको राजीनामासमेत माग गरेका छन् ।


