एजेन्सी । अमेरिकाको युटामा एकै साथ १५ सवारीहरु दुर्घटना भएको छ । दुर्घटनामा परि ८ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकाको दक्षिण पश्चिमी राज्यमा रहेका युटामा भएको भयानक दुर्घटनामा परी ८ जनाले ज्यान गुमाएको त्यहाँको प्रहरीले जनाएको छ ।
द न्युयोर्क टाइम्सका अनुसार धुलो र बालुवा मिसिएर आएको आँधीका कारण उक्त दुर्घटना भएको हो ।
आँधीका कारण चालकहरूले अगाडिको बाटो नदेखेपछि कानोस सहर नजिकैको इन्टरसेक्सन १५ मा ती सवारी साधनहरू दुर्घटनामा परेका हुन् ।
सुरूमा एक जना सवारी चालकले गाडी रोकेपछि तीव्र गतिमा रहेका अरू सवारी साधनहरू पनि एकअर्कासँग ठोक्किएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
मृत्यु हुनेमा बालबालिकाहरु पनि परेका छन् । ५ जनामध्ये ५ जना एउटै कारमा सवार रहेका ब्यत्तिहरु भएको युटाका प्रहरी अधिकारीहरूले जनाएका छन् ।
दुर्घटनामा परी अरू १० जना मानिस घाइते भएका छन् । उनीहरूले एम्बुलेन्स र एयर एम्बुलेन्सबाट अस्पताल लगिएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।




















