विराटनगर । मोरङको २ अलग स्थानमा २ जना बालक पानीमा डुबेर ज्यान गएको छ ।
विराटनगर महानगरपालिका १४ जतुवामा डेढ वर्षी बालक राजकुमार महतोको नहरमा डुबेर र लेटाङ नगरपालिका ५ का १५ वर्षीय समुद्र राईको मोरङे खोलामा डुबेर ज्यान गएको बिराटनगर प्रहरीले जनाएको छ ।
विराटनगर प्रहरीका अनुसार खेल्ने क्रममा घरनजिक रहेको नहरमा डुबेर आइतबार नाबालक महतोको ज्यान गएको हो भने राईको पौडी खेल्ने क्रममा खोलाको दहमा डुबेर ज्यान गएको हो ।
प्रहरीले दुवै घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।


