काठमाण्डौ । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन गरी १७ हजार २७२ नमुना परिक्षणका क्रममा सोमबार थप ३ हजार ४२१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
प्राप्त विवरण अनुसार १२ हजार २४० नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३९१ जना र ५ हजार ३२ जनाको एन्टिजेन गर्दा १ हजार ३० गरी १७ हजार २७२ जनाको नमुना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
आज संक्रमण देखिएका सहित पीसीआर तर्फ ६ लाख ८२ हजार ९४७ जना र एन्टिजेन तर्फ ५५ हजार ९७१ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६८६ जना कोरोना संक्रमण मुत्त भएका छन् । यो सहित नेपालमा संक्रमण मुत्त हुनेको संख्या ६ लाख ४५ हजार ३०१ जना पुगेको मन्त्रालयले जनाएको छ ।
यता पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २५ जनाले ज्यान गएको छन् । यो सहित संक्रमणबाट ज्यान गुमाउनेको संख्या नेपालमा ९ हजार ७३८ जना पुगेका छन् ।




















