साँकेतिक तस्बिर
काठमाण्डौं । गुडिरहेको गाडी माथी ढुङगा खस्दा ९ जनाको मृत्यु भएको छ ।
उत्तरी भारतको हिमाचल प्रदेशमा भएको उक्त दुर्घटनामा परि ९ जना पर्यटकको ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि अन्य ३ जना घाइते भएको पनि भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार पहाडको माथिबाट खसेको उत्त ढुङ्गाले एउटा पुल नै भत्काएको जनाएको छ ।
उत्त क्षेत्रमा केही दिन देखी भारी वर्षा भएकाले ढुङ्गा खसेको हुन सक्ने अनुमान गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोदीले दुर्घटनामा ज्यान गुमाउनेलाई राहत उपलब्ध गराउने बचन दिएका छन् ।


