काठमाण्डौं । जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षमा नेताद्वय राजकिशोर यादव र मनिष सुमनले पक्षमा हस्ताक्षर गरेका छन् ।
निर्वाचन आयोगमा परेको आधिकारिकता विवाद टुंगोमा पुर्याउन निर्वाचन आयोगले ‘हेड काउन्ट’ सुरु गरेपछि अध्यक्ष महन्थ ठाकुर पक्षका नेताद्वयले यादव पक्षको लाइनमा पुगेर हस्ताक्षर गरेका हुन् ।
a
जसपाको आधिकारिकताका विवादमा यो सहित अध्यक्ष यादव पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूले हस्ताक्षर गरेको जसपा यादव पक्षले जनाएको छ । जपसामा ५१ सदस्यीय कार्यकारिणी सदस्य रहेका छन् ।
सत्ता समीकरणमा एमालेको ओली सरकारमा सहभागी भएका र इत्तर गठबन्धनका विषयमा उत्पन्न विवादले जसपा विभाजनको संघारमा पुगेको हो ।
विवादका बीच ठाकुर पक्ष ओलीतिर र यादव पक्ष ५ दलीय गठबन्धनमा लागेपछि जसपा देखिने गरी नै २ भागमा विभाजित भएको हो ।




















