दाङ । दाङको तुलसीपुरमा रोकि राखेको बसमा आगजनी गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका ७ को रानीघाट खोला नजिक रोकिराखेको १. ख १८९२ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको हो दाङ प्रहरीले पुष्टी गरेको हो ।
बसमा आइतबार राती १ः३० बजेतिर आगजनी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
आगजनी गर्ने व्यक्ति वा समूहको बारेमा प्रहरीले खोजी गरिरहेका जनाएको छ ।




















