साँकेतिक तस्बिर
बागलुङ । बागलुङको एक ओडारमा २२ नाल भरुवा बन्दुक फेला परेको छ । जिल्लाको घट्टेखोला र मार्के खोला नजिकै रहेको २ भिन्न स्थानमा लुकाई राखेको बन्दुक प्रहरीले फेला परेको हो ।
प्रहरी चौकी बुङगादोभानबाट गस्तीका क्रममा तमानखोला गाउँपालिका ४ को लाममेला स्थित घट्टेखोला नजिकै हरेको ओडारमा १ नाले १२ थान तमानखोला गाउँपालिकाकै ३ मार्के खोलाको ओडारमा लुकाई राखिएको अवस्थामा १ नाले १० थान बन्दुक प्रहरीले फेला पारेको हो ।
बन्दुक के कति प्रयोजकालागि लुकाई राखिएको हो भन्ने कुरा अनुसन्धान भई रहेको बागलुङ प्रहरीले जनाएको छ ।




















