धादिङ । धादिङमा कोरोना बिरुदको खोप लगाएका १ जना पुरुषको ज्यान गएको छ ।
जिल्लाको नीलकण्ठ नगरपालिका ६ सुनौलाबजारमा कोरोना विरुद्धको अमेरिकन जोन्सन एण्ड जोन्सनको खोप लगाएपछि ७८ वर्षिय नरबहादुर श्रेष्ठ ज्यान गएको हो ।
खोप लगाएको १ घण्टा नपुग्दै बेहोश भएका श्रेष्ठको उपचारकालागि अस्पताल ल्याउदै गर्दा ज्यान गएको स्थानिय लक्ष्मण रम्तेलले बताए । ‘खोप लगाएर घर आई पुगेका बस्न मात्र के भ्याएका थिए बेहोस भएर ढलेको र उपचारको लागि जिल्ला अस्पताल ल्याउदै गर्दा मृत्यु भएको’ रम्तेलले बताए ।
मृत्युको कारण भने खुल्न सकेको छैन । खोपका कारणले वा अन्य के कति कारणले उनको ज्यान गएको हो अनुसन्धान पछि मात्र भन्न सकिने स्वास्थ्य कार्यालय धादिङका प्रमुख भुवन पौडेलले बताए ।




















