पोखरा । भौतिक तथा मानविय संसाधनको अभावका कारण कार्यक्रमहरुको अनुगमनकालागि समस्या भएको पोखरामा सम्पन्न एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् ।
पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगतको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको आयोजनामा सम्पन्न गत आर्थिक वर्ष २०७७–०७८ को वार्षिक समिक्षा गोष्ठीमा सहभागी गण्डकी प्रदेशका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखहरुले यस्तो बताएका हुन् ।
विषेश गरि विभिन्न जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयहरुमा सवारी साधनहरुको अभाव हुँदा कार्यक्रमहरुको कार्यान्वयन र निरीक्षणमा समस्या हुने गरेको उनीहरुले गुनासो गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशनालयका निर्देशक नारायण आचार्यले मन्त्रालयमा बजेटमा कमी, पर्याप्त जनशक्तिको पूर्ति हुन सक्नु, सवारी साधनको अभावका रहेको औल्याए । उनले उत्पादन बढाउन र रोजगारी सिर्जनाकालागि पर्याप्त मात्रामा बजेट प्रदेश सरकारले छुट्याउन नसकेको बताए ।
उनले यसलाई समाधानकालागि द्वितिय चौमासिक प्रगती समिक्षा कार्यक्रमको निष्र्कष मन्त्रालयमा सिफारिस गरेको भएपनि सरकारको निति तथा कार्यक्रममा समावेश नगरेको प्रति गुनासो गरे । उनले प्रदेशमा चालु आर्थिक वर्ष निर्देशनालयका योजनाहरुलाई प्रभावकारी बनाउनकालागि अब यो आर्थिक वर्षकालागि प्रदेश सरकारलाई समिक्षा गोष्टिबाट आएको प्रतिवेदन पेश गर्ने बताए ।
उनले भने, ‘मन्त्रालयमा मन्त्री नियुक्त भइसेकेपछि त्यस्ता समस्या समाधानकालागि पहल गर्छौं ।’ उनले भने कोभिड १९ बाट बच्नकालागि सबै नागरिकलाई कोरोना विरुद्ध खोप नलगाएसम्म अर्थ व्यवस्था उद्योग, पर्यटन लगायतका सबै क्षेत्रमा चलायमान नहुने भएकाले यसमा सरकारलाई ध्यान दिन पर्नेमा जोड दिए । उनले कोरोना्का कारण धेरै लगानी गरेर खोलिएका उद्योग व्यवसायीहरुलाई हत्तोसाहीज बनाउनकालागि गतवर्ष जस्तै यस वर्षपनि राहतप्याकेजहरु छिट्टै सार्वजनिक गरिने बताए । उनले भने, ‘उद्योगि व्यवसायीहरुको लगानीको सुरक्षाकालागि प्रदेश सरकारले इन्ड्रस्टियल रिलायभल फण्ड भनेर प्रदेश सरकारले सहुलियत दरक ाकर्जा, बैंकहरुमा एग्रिमेन्ट गरि व्याज छुटमा कर्जा प्रवाहगर्ने नितिलिएको थियो र अहिले पनि यस्लाई जारी राख्छौं ।’
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख दिनेशप्रकाश आचार्य, म्याग्दीका नन्दलाल पौडेल, तनहुँका नारायणप्रसाद ढकाल, स्याङ्जाका इश्वरीप्रसाद रेग्मी, पर्वतका गोविन्दप्रसाद पौडेल, नवलपरासीवर्दघाट सुस्ता पूर्वका विक्रम सुवेदी, बाग्लुङका गोमादेवी शर्मा, लमजुङका टोपलाल भुसाल, मुस्ताङका मोहनचन्द्र सुबेदी, गोरखाका दिनेश पौडेल, मनाङका ऋषिराम पौडेल लगायतले वार्षिक कार्यपत्र प्रस्तुत गरेका थिए ।




















