काठमाण्डौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहको स्थायी कमिटीका सदस्यहरुको बैठक सुरु भएको छ ।
शंखमुलको एक क्याफेमा सुरु बैठकमा भिम रावल पनि सहभागी भएका छन् ।
नेता घनश्याम भुसालले दिएको जानकारी अनुसार ‘छलफल सुरु भएको छ । आजको छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमको र अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने भन्ने बारेमा जानकारी दिए ।
उनले आजको बैठकमा यसअघिको बैठकमा सहभागी नभएका नेता भीम रावल पनि सहभागी भएको जानकारी दिए ।
यसअघिको बैठकमा रावल नआएपछि वरिष्ठ नेता नेपाल रावललाई भेट्न उनकै निवास टोखा पुगेका थिए ।
सांसद पदबाट राजीनामा दिएका रावलले नेपालसँगको छलफलपछि सभामुखलाई भेटेर राजीनामा पत्र फिर्ता लिएका थिए ।
आजको बैठकमा विघटन भएको कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावमा छलफल हुने र आगामी रणनीति तय गरिने बताइएको छ ।




















