काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको छ ।
देशै भरीको प्रयोगशालामा १३ हजार ८३४ नमूना परीक्षण मध्ये १० हजार ५६९ जनाको पीसीआर गर्दा १ हजार ५३९ जना र ३ हजार २६५ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६९८ जना गरी आइतबार २ हजार २३७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
यो सहित नेपालमा पीसीआरबाट संक्रमित हुनेको संख्या ६ लाख ८० हजार ५५६ जना एन्टिजेन प्रविधि मार्फत संक्रमित देखिनेको संख्या ५४ हजार २४३ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा २ हजार ५० जना कोरोनामुक्त भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १८ जनाको ज्यान गएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७१३ पुगेको छ ।





















