काठमाण्डौँ । राजधानीको चर्चित ग्राण्डी इन्टरनेशनल अस्पतालमा काम गरेर ‘बेस्ट डाक्टर’को अवार्डसमेत पाएका व्यक्तिको मेडिकल लाइसेन्स नक्कली भएको दावी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको छ।
ललितपुर महानगरपालिका २ का ३६ वर्षीय विजय श्याम रन्जितले कीर्ते गरी नेपाल मेडिकल काउन्सिल (एनएमसी)को लाइसेन्स बनाएको सीआईबी प्रमुख धिरजप्रताप सिंहले बताए ।
सिंहका अनुसार रन्जितले सन् २०१२ मा एनएमसीको लाइसेन्स परिक्षामा फेल भएपछि सोही वर्ष काउन्सिलको स्थायी दर्ता प्रमाणपत्रमा छाप र दस्तखत कीर्ते गरी लाइसेन्स निकालेको प्रहरीको दावी छ ।
चीनबाट एमबीबीएस अध्ययन पूरा गरेका रन्जितलाई २०७०÷०७१ मा ग्राण्डी अस्पतालले वर्षकै सर्वोत्कृष्ट डाक्टर घोषणा गरेको थियो ।
‘उनले ग्रान्डीमा जागिर खाँदा नक्कली लाइसेन्स पेश गरेको सिंहले बताए ।




















