काठमाण्डौं । तमिल अभिनेत्री यशिका आनन्द सवारी दुर्घटनामा घाइते भएकी छन् ।
भारतीय सञ्चार मध्यामका अनुसार यशिका महाबलीपुरमबाट चेन्नई फर्किदै गर्दा दुर्घटनामा परेकी हुन् ।
दुर्घटनामा यशिकाको १ जना साथीको मृत्यु भएको छ । यशिका समेत ३ जना गम्भिर घाइते भएका छन् । घाइते सबैलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।
तिब्र गतिका कारण उनीहरु सवार कार डिभाइजरमा टोकिन पुगेको प्रहरी जनाएको छ । कारमा सवार सबैले मदिरा सेवन गरेको प्रहरीले जानकारी दिएको छ ।
उक्त घटनाका मृत यशिकाको एक साथीको शव पुलिसले पोस्टमार्टमका लागि चन्गलपेट अस्पताल पठाएको छ । यो बिषयमा पुलिसको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




















