काठमाण्डौं । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य गिरावट आएको छ । शुक्रबारको तुलनामा आज प्रति तोला १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुुक्रबार प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आइतबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको छ ।
आज तेजावी सुन ९१ हजार ५०० रुपैँयामा कारोबार भएको भने चाँदी १० रुपैयाँले घटेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



