काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले उपाध्यक्षका कारण राजीनामा दिन बाध्य भएको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले एन्फाबाट राजीनामा दिन लागेको घोषणा गरेका हुन् ।
‘म राजीनामाका लागि एन्फा जाँदैछु, त्यसको कारण एन्फाका वरिष्ठ उपाध्यक्ष हुन्,’ उनले लेखेका छन्, ‘पछिल्लो तीन हप्तादेखि उनले मसँग नाटक गरिरहेका छन् ।’
साथै उनले एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलाई मेन्सन गर्दै भनेका छन्, ‘मलाई आशा छ, अब तपाईं खुशी हुनु भयो ।’





















