एजेन्सी । अहिले सामाजिक सञ्जालमा लोकप्रियता कमाउन एक प्रकारको होडबाजी नै चलेको छ । लाइभ भिडीयो बनाएर सञ्जालमा हाल्दा ख्याती कमाउन सकिने भन्दै केही युवा युवती जोखिम मोलेरै भिडीयो बनाउछन् । यस्तै भिडीयो बनाउने क्रममा चीनमा एक युवतीको ज्यान गएको छ ।
सिओक्वियुमे नामकी यी चिनियाँ महिलाले १६० फिटको उचाइबाट लाइभ भिडीयो बनाउदै गर्दा अचानक भुइमा खस्न पुग्दा ज्यान गुमाएकी हुन । पेसाले टावर क्रेन अपरेटर ति महिला कामका सिलसिलामा उनी १६० फिटको उचाइमा रहेको बेला लाइभ भिडियो बनाउँदै गर्दा भुइमा बजारीन पुगको र उनको उपचारकालागि स्थानिय अस्पतालमा लादालादै बाटोमा नै मृत्यु भएको स्थानिय अधिकारीहरुले बताए ।
यति माथिबाट खस्दा पनि मोबाइल फोन भने उनको हातमै रहेको थियो ।
बेलायती अखबार द सनको रिपोर्ट अनुसार उनको १ लाख भन्दा बढी फओअर्स थिए । ‘सिओक्वियुमे’ नामबाट सामाजिक सञ्जालमा एकाउन्ट खोलेकी ति युवतीले आफ्नो दैनिक जीवनका गतिविधि तथा क्रेन सञ्चालनसँग जोडिएको भिडियो पोस्ट गर्ने गरेकी थिइन् ।
२३ वर्षकी यी महिला दुई छोराछोरीकी आमा समेत थिइन् । आफ्ना सहकर्मीहरू कामका लागि गएका बेला लाइभ भिडियो बनाउनका लागि क्रेनमा चढेकी थिइन् । उनको खुट्टा चिप्लिएर त्यो दुर्घटना भएको थियो ।




















