काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ३ हजार ११४ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६२५ जनामा पीसीआर गर्दा २ हजार ३०९ जना र ४ हजार २८५ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा ८०५ जना गरी शनिबार ३ हजार ११४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका सहित नेपालमा संक्रमितहरुको संख्या पीसीआर तर्फ ६ लाख ७९ हजार १७ जना र एन्टिजेन तर्फ ५४ हजार २४३ जना संक्रमित भएका छन् ।
त्यस्तै गरी शनिबार नै २ हजार १९७ जनाले कोरोना जितेका छन् । यो सहित नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ४२ हजार ५६५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको ज्यान गएको छ । यो सहित नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६९५ पुगेको छ ।




















