बर्दिया । बर्दियाको कर्णाली नदीमा नुहाउने क्रममा २ जना बालबालिका बेपत्ता भएका छन् ।
गेरुवा गाउँपालिका ६ का १२ वर्षीय सन्दीप विक र उनकी आठ वर्षीया बहिनी दिलमाया विक कर्णाली नदीको सैजना घाटमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
इलाका प्रहरी कार्यालयका पाताभारका अनुसार शुक्रवार दिउँसो घरबाट खेल्न जान्छु भनेर गएका दाजुबहिनी नुहाउने क्रममा बेपत्ता भएको खबर आए लगत्तै प्रहरीले खोजी सुरु गरिएको छ ।




















