काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार ९७७ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ६९८ जनाको पीसीआर गर्दा १ हजार ९८२ जना र ३ हजार ६१० मा गरिएको एन्टिजेन परिक्षणका क्रममा ९९५ जना शुक्रबार २ हजार ९७७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएको सहित नेपालमा पीसीआर तर्फ ६ लाख ७६ हजार ७०८ जना र एन्टिजेन तर्फ ५३ हजार ४३८ जनामा संक्रमण देखिएको छ ।
साथै पछिल्लो २४ घण्टामा १ हजार ६७८ जनाले कोरोना जितेका छन् । यो सहित नेपालमा कोरोना संक्रमण मुत्त हुनेको संख्या ६ हजार ३९ हजार ३६८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट १८ जनाको ज्यान गएको छ । यो सहित कोरोना संक्रमणबाट ज्यान गमाउनेको संख्या ९ हजार ६७९ पुगेको छ ।





















