चितवन । चितवन राप्तीकी सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले उनकै ठुलो बुवाका छोरालाई पक्राउ गरेको छ ।
लामो समय संग प्रेममा रहेको र बिवाहका बिषयमा बिबादपछि सुजिताले आत्महत्या गरेको प्रहरीले दाबि गरेको हो ।
चितवनमा आज पत्रकार सम्मेलन गर्दै प्रहरीले ठुलो बुवाका छोरा सचिन भन्ने सुकदेव भन्डारीसंग सुजाताको लामो समय प्रेम सम्वन्ध रहेको खुलासा गरेको हो । दाजु नाता पर्ने २३ बर्षिय भन्डारि झापाका बासिन्दा हुन् ।
काठमाण्डौ बस्दै आएका सचिन र चितवनमा विविएस चौथो बर्ष अध्यनरत सुजिता पटक पटक काठमाण्डौं बसेको अनुसन्धानमा खुल्न आएको चितवन प्रहरीले जनाएको छ ।
सचिनसग असारको ९ गतेको सम्वादमा झगडा परेपछि सुजिताले आत्महत्या रोजेको प्रहरीको निश्कर्ष रहेको छ । उनि असार ११ गतेदेखि हराएकी बेपत्ता भएकी थिइन । असार २० गते घर नजिकैको जंगलमा सुजाताको शव भेटिएको थियो ।
प्रहरीले संगको बयानमा सचिनले सुजाता संगको आफ्नो प्रेम सम्वन्ध स्विकार गरेको पनि प्रहरीले जनाएको छ ।




















